३ जेठ, २०८१ बिहिबार

06:05:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

९ फागुन, २०७८

२६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको हो । उक्त आवेदन यो माग गरेको भन्दा ३८.३० गुणाले बढी हो ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने समय सकिएको छ । लघुवित्तले फागुन ४ गते बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओमा आवेदन दिने हिजो (फागुन ८ गते, आइतबार) अन्तिम दिन रहेको थियो ।

 अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २६ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन आइतबार आइतबार साँझे ५ः३० बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको हो । उक्त आवेदन यो माग गरेको भन्दा ३८.३० गुणाले बढी हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेकोे थियो ।  जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।