७ मंसिर, २०८१ शुक्रबार
08:20:01 PM
८ फागुन, २०७८
६ हजार ५सय ७२ जनामा पीसीआर परीक्षण गर्दा २२९ जना र ३ हजार २ सय ४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं
पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५सय ७२ जनामा पीसीआर परीक्षण गर्दा २२९ जना र ३ हजार २ सय ४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन् ।