२४ बैशाख, २०८१ सोमबार

04:05:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शेयर बजार आइतवारबाट बढ्ने संकेत

Nepal Business

२४ मंसिर, २०७८

जम्मा एकदिन मात्र नेप्सेले हरियाली छाएको थियो । यसले आम लगानी कर्तामा अव यस्तै दिन आउने हो की जस्तो भ्रम सृजना गर्‍यो ।

शेयर बजार आइतवारबाट बढ्ने संकेत

 काठमाण्डौं, मंसिर २४
साताको अन्तिम विहिवार झिनो अंकले घटेको नेप्से आइतवार बढ्न सक्ने प्रक्षेपण शेयरसँग सम्बन्धित विशेषज्ञहरुले गरेका छन् ।
यो साता प्राय सबै कारोबार दिनमा नेप्से ओरालो नै लागेको पाईयो । जम्मा एकदिन मात्र नेप्सेले हरियाली छाएको थियो । यसले आम लगानी कर्तामा अव यस्तै दिन आउने हो की जस्तो भ्रम सृजना गर्‍यो ।
तर बजार अझै बुलिस ट्रेनमै रहेकोले आँती हाल्नु पर्ने स्थिति भने छैन । यो मौसम र बजार हल्लामा बढि बिकेकोले बजार ओरालो लागेको हो । ओरालो लाग्नु पर्ने अरु कुनै कारण छैन । 
यतिखेर शेयरबजार पर्ख र हेरको परिस्थितिबाट गुज्रिरहेको छ । यो बेला आतिएर बेचिहाल्नु बुद्धिमानी होईन ।