३ जेठ, २०८१ बिहिबार

06:13:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो सेयर बजार, युनाइटेड ईदी–मार्दी र आरबी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट

८ फागुन, २०७८

आइतबार कूल २३० वटा कम्पनीको ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, युनाइटेड ईदी–मार्दी र आरबी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं
साताको पहिलो कारोबारका दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव४० अंकले घटेर २६९३ दशमलव १० विन्दुमा पुगेको छ । नेप्से १ दशमलव ४४ प्रतिशतले घटेको हो ।

 सेन्सेटिभ परिसूचक ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ विन्दुमा पुगेको छ । गत बिहीबारको तुलनामा आइतबार कारोबार रकम भने बढेको छ ।  आइतबार कूल २३० वटा कम्पनीको ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

गत बिहीबार सवा २ अर्बको सेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये आइतबार अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। आइतबार अन्य उपसमूहको परिसूचक ० दशमलव ४२ प्रतिशत बढेको छ।

आइतबार युनाइटेड ईदी–मार्दी र आरबी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५९ रुपैयाँ पुगेको छ । आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको ५८ करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ४ दशमलव ७४ प्रतिशतले घटेर ५ सय २१ रूपैयाँमा पुगेको छ ।