३ जेठ, २०८१ बिहिबार

11:55:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

८ फागुन, २०७८

नेप्सेमा आइतबार नेपाल बङ्गलादेश बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

आइतबार नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आइतबार ३ बैंक र एउटा  इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा नेपाल बङ्गलादेश बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार आइतबार नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको १ करोड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । त्यस्तैगरी, सनराइज बैंक लिमिटेडको ६ दशमलव ६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

यस्तै, लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो । साथै आइतबार नेप्सेमा, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ दशमलव ५००४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६ सय ५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।