३ जेठ, २०८१ बिहिबार

12:41:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश भुक्तानी लिन सेयरधनीहरुलाई बोटलर्स नेपालको आग्रह

८ फागुन, २०७८

३० औं वार्षिक साधारण सभाबाट पारित (आर्थिक वर्ष २०७२/७३) भएको नगद लाभांश कतिपय सेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले भुक्तानी लिन आग्रह

लाभांश भुक्तानी लिन सेयरधनीहरुलाई बोटलर्स नेपालको आग्रह

काठमाडौं
बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले ३० औं वार्षिक साधारण सभाबाट पारित  (आर्थिक वर्ष २०७२/७३) भएको नगद लाभांश कतिपय सेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले भुक्तानी लिन आउन आग्रह गरेको हो।

लाभांश रकम भुक्तानी लिन बाँकी रहेका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा आफ्नो परिचयपत्र लिई यो सूचना प्रकाशित भएको एक महिना भित्र सम्पर्क गरी लाभांश लिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र लाभांश भुक्तानी बुझिलिन नआएको खण्डमा उक्त रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।