४ जेठ, २०८१ शुक्रबार

07:35:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायोे साधारण सभा, बुकक्लोज कहिले ?

८ फागुन, २०७८

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएकोे छ । उक्त सभाले ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायोे साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएकोे छ । फागुन ६ गते, शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २८ औँ वार्षिक साधारण सभा फागुन ३० गते, सोमबार बोलाएको छ । उक्त बैठक कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ ।

इन्स्योरेन्सको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।