३ जेठ, २०८१ बिहिबार

10:36:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन विकास लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

८ फागुन, २०७८

जीवन विकास लघुवित्तले शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

जीवन विकास लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । फागुन ७ गते शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तले संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले घोषणा गरेको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ  ।