४ जेठ, २०८१ शुक्रबार

07:52:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि फाइनान्सको हकप्रद आइतबारदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?

८ फागुन, २०७८

समृद्धि फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ

समृद्धि फाइनान्सको हकप्रद आइतबारदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गते आइतबारदेखि हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गरेको छ । फाइनान्सले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद शेयर आइतबादेखि निष्काशन तथा बिक्री खुला गरेको हो । फाइनान्सले आइतबादेखि २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ । फाइनान्सको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ पुस ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, पुस ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।