२३ बैशाख, २०८१ आइतबार

12:28:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टी–२० विश्वकपमा नेपाल सेमिफाइनल नजिक

७ फागुन, २०७८

दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।

टी–२० विश्वकपमा नेपाल सेमिफाइनल नजिक

फिलिपिन्सलाई  १३६ रनले पराजित गर्न सफल बनेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।

कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई पछि पार्दै कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनु भयो । उहाँले ४ ओभरमा ९ रनमात्र खर्चिनु भयो । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिनु भएको थियो।

फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाउनु भयो।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गर्नु भएको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाउनु भयो । उहाँको यो टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।

यसैगरी दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गर्नुभयो भने कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गर्नु भएको थियो।