४ जेठ, २०८१ शुक्रबार

10:08:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अजोड इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेण्डा

६ फागुन, २०७८

अजोड इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेण्डा

काठमाडौं
अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको हो । माघ १३ गते बसेको कम्पनीको संचालक समितिको बैंकले चौंथो वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार बोलाउने निर्णय गरेको थियो ।

कम्पनीको सोही निर्णय अनुसार शुक्रबार कम्पनीको चौंथो वार्षिक साधारण सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीकोे संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

साथै सभाले लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण सम्बन्धी एजेण्डा छलफल गरी पारित गरेको छ ।