३ जेठ, २०८१ बिहिबार

05:29:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

६ फागुन, २०७८

नेप्सेले जाल्पा लघुवित्तलाई प्रतिसेयर न्युनतम ३७९ रूपैयाँ ८६ पैसादेखि अधिकतम १ हजार १३९ रुपैयाँ ५८ पैसा र इमर्जिङ्ग नेपाललाई न्युनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेञ्ज निर्धारण गर्ने सम्भावना छ ।

जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

उक्त कम्पनीको आईपीओ बाँडफाँड फागुन १ गते सम्पन्न भएको छ । त्यस्तै, इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । यस कम्पनीले पनि फागुन ४ गते आईपीओ बाँडफाँड गरेको छ ।

आईपीओ बाँडफाँड भएपछि उक्त सेयर नेप्सेमा कहिले सूचीकृत हुन्छ र त्यसले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यी दुवै कम्पनीको सेयर अर्काे साता सूचीकृत हुने सम्भावना रहेको छ ।

जाल्पा लघुवित्तलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ३७९ रूपैयाँ ८६ पैसादेखि अधिकतम १ हजार १३९ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ ।  नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक बर्ष २०७७/७८ मा प्रतिसेयर नेटवर्थ ३७९ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, इमर्जिङ्ग नेपाललाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । कम्पनीको आर्थिक बर्ष २०७७/७८ मा प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ११ पैसा रहेको छ ।