४ जेठ, २०८१ शुक्रबार

04:47:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन डिष्टिलरीको बोनस सेयर तथा नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

६ फागुन, २०७८

हिमालयन डिष्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस सेयर हितग्राही खातामा र २५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

हिमालयन डिष्टिलरीको बोनस सेयर तथा नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

काठमाडौं
हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा बोनस सेयर तथा नगद लाभांश जम्मा गरेको छ। पुस २८ गते सम्पन्न कम्पनीको २१ औँ वार्षिक साधारण सभाले पारित गरेको ७५ प्रतिशत बोनस सेयर हितग्राही खातामा र २५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनीले उक्त बोनस सेयर फागुन २ गतेदेखि र नगद लाभांश फागुन ४ गतेदेखि सेयरधनीहरुको खातामा जम्मा गरेको हो। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गरेको थियो।  यस अनुसार पुस १५ गतेदेखि नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुको खातामा उक्त लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म अभौतिक सेयर धारण गरेका सेयरधनीहरुलाई अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन कम्पनीले अनुरोध गरेको छ। कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।