४ जेठ, २०८१ शुक्रबार

07:52:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

६ फागुन, २०७८

२० प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले फागुन २९ गते बोलायो साधारण सभा

लाभांश पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएकोे छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारण सभा फागुन २९ गते आह्वान गरेको हो । कम्पनीको उक्त वार्षिक साधारण सभा केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । उक्त सभाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै, सभाले लाभांश प्रस्तावका साथै अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउन प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा अध्यय संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २१ गतेसम्म नेप्सेमो भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।