१५ बैशाख, २०८१ शनिबार

11:55:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घर, जग्गा कारोबारमा कोरोना महामारीको असर

Nepal Business

२४ मंसिर, २०७८

महामारीको समयमा सबैको आयआर्जनको स्रोत बन्द भएका कारण पनि बैंकबाट ऋण लिएर घर जग्गाको कारोबार गरेकाहरुलाई मार परेको छ । जसका कारण घर जग्गा किन्नेको संख्या भन्दा पनि बेच्नेको संख्या बढेको पाइन्छ । नेपालमा कोरोना संक्रमण देखा परे पश्चात वि.स २०७६ चैत्र ११ गते देखि नेपाल सरकारले लकडाउन घोषण गर्‍यो । यसको असर शैक्षिक क्षेत्र, सामाजिक क्षेत्र, घरजग्गा कारोबार क्षेत्र लगायतका क्षेत्रमा देखा परेको छ

घर, जग्गा कारोबारमा कोरोना महामारीको असर

लाामो समयदेखी विद्यमान कोरोना महामारीको असरसँगै मानिसहरुमा डर,त्रासको भय बढि रहेको छ । यसले मानिसमा त्रास मात्र नभई आर्थिक कृयाकलापमा संलग्न घर जग्गा बिक्रि वितरणमा समेत असर पुर्‍याएको छ ।

महामारीको समयमा सबैको आयआर्जनको स्रोत बन्द भएका कारण पनि बैंकबाट ऋण लिएर घर जग्गाको कारोबार गरेकाहरुलाई मार परेको छ । जसका कारण घर जग्गा किन्नेको संख्या भन्दा पनि बेच्नेको संख्या बढेको पाइन्छ । नेपालमा कोरोना संक्रमण देखा परे पश्चात वि.स २०७६ चैत्र ११ गते देखि नेपाल सरकारले लकडाउन घोषण गर्‍यो । यसको असर शैक्षिक क्षेत्र, सामाजिक क्षेत्र, घरजग्गा कारोबार क्षेत्र लगायतका क्षेत्रमा देखा परेको छ

सरकारले २०७७/०८८ मा घरजग्गाको नयाँ मूल्य तोकेपनि कोरोनाका कारणले बढ्न सकेको थिएन र अहिले पनि यसको अवस्था जहाँको तही रहेको पाइन्छ । कोरोनाको समयमा घर जग्गा बिक्री गर्ने बढेपनि किन्ने मानिस निकै कम भएको घर जग्गाको कारोबार गर्ने व्यवसायीहरु बताउँछन् । कोरोनाले पारेको असरका कारण पनि होला अहिले आउने ग्रााहकले सस्तोमा जग्गा खोजिरहेका छन् तर खोजेजती सस्तोपनि नभएको जग्गा बिक्री व्यवसायी केन्द्रका प्रमुखले बताए ।

फेरी पनि नेपालमा ओमिक्रोन भइरस भित्रि सकेको हुदाँ आम जनतामा डरका साथै लकडाउ हुने भय थपिएको छ । जसको कारण मानिसहरुमा भोलिको भविष्य भन्दा पनि महामारिमा कसरी आफ्ना आवश्यकताहरु परिपूर्ती गर्ने भन्ने विषयमा चासो बढेकोले घरजग्गा खरिद बिक्री सुस्ताउने देखिएको छ ।

काठमाण्डौं उपत्यकामा मात्र दिनमै करोडौं राजश्व संकलन हुनेमा आजभोली लाखमा झरीसकेको छ । यसबाट राजश्वमा नकरात्मक असर परेकोे सरोकारवालाहरुको भनाइरहेको छ ।