४ जेठ, २०८१ शुक्रबार

10:08:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अजोड इन्स्योरेन्सको साधारण सभा शुक्रबार हुँदै

६ फागुन, २०७८

अजोड इन्स्योरेन्सको साधारण सभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने छ

अजोड इन्स्योरेन्सको साधारण सभा शुक्रबार हुँदै

काठमाडौं
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सको चौथोँ वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार हुँदैछ ।  सो साधारण सभा युनाईटेड वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्लोज गरेको थियो । त्यसैले माघ २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारण सभामा सहभागी हुन पाउनेछन् । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।