३ जेठ, २०८१ बिहिबार

05:33:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म राष्ट्र उत्थान लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

६ फागुन, २०७८

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा २ करोड २१ लाख ५१ हजार ५४० कित्ता सेयरका लागि पर्यो आवेदन

हालसम्म राष्ट्र उत्थान लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारदेखि साधारण सेयर आईपीओ निष्काशन गरेको छ । कम्पनीको आईपीओमा शुक्रबार बिहान १० बजेसम्ममा माग भन्दा धैरै बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार बिहान १० बजेसम्म १८ लाख ८९ हजार ६७२ जनाले २ करोड २१ लाख ५१ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको भन्दा २७.८८ गुणा बढी आवेदन हो ।  पछिल्लो समय जुनसुकै कम्पनीको आईपीओमा पनि माग गरिएको भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको छ । त्यसैले १० कित्ता सेयर हाता पार्न पनि भाग्यमा नै भर पर्नु पर्ने देखिन्छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले कम्पनीले जारी गरेको आईपीआ छिटोमा फागुन ८ गते र ढीलोमा फागुन १८ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको साधारण सेयर ९आईपीओ० लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।