३ जेठ, २०८१ बिहिबार

03:04:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

५ फागुन, २०७८

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

काठमाडौं
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो। यसअघि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।  सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहानामा हमाल अध्यक्ष नियुक्त हुनुभएको हो ।