४ जेठ, २०८१ शुक्रबार

07:35:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्सले घोषणा गर्याे लाभांश

५ फागुन, २०७८

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने

आइएमई जनरल इन्स्योरेन्सले घोषणा गर्याे लाभांश

काठमाडौं
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । फागुन ५ गते, बिहीबार  बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३७ प्रतिशत नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश बीमा समितिले स्वीकृतपश्चात र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।