१० मंसिर, २०८१ सोमबार

09:16:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नीतिगत भ्रष्टचार विरुद्ध अख्तियारमा उजुरी

५ फागुन, २०७८

नीतिगत भ्रष्टचार विरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौं
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आर्थिक अनियमियतता भएको भन्दै बिहीबार अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीले उजुरी दिनुभएको हो । 
उक्त उजुरीमा  झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख छ । 
अनेरास्ववियुका अनुसार भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता भएको छ ।