३ जेठ, २०८१ बिहिबार

02:39:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार नेप्सेमा निफ्रासहित २ बैंकको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

५ फागुन, २०७८

बिहीबार नेप्समा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ

बिहीबार नेप्सेमा निफ्रासहित २ बैंकको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा बैंकको बोनस सेयर सूचिकृत भएको छ । बिहीबारमा नेप्समा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । नेप्समा सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रति सेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको १ करोड ६० लाख कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।