३ जेठ, २०८१ बिहिबार

01:39:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धौलागिरी लघुवित्तले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

५ फागुन, २०७८

धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं
धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणको लागि ३ लाख ३१ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । लघुवित्तले आईपीओ निष्काशनको लागि बुधबार प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

धौलागिरी लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो। सो लघुवित्तको प्रधान कार्यालय बागलुङ्ग जिल्लामा रहेको छ। लघुवित्तको हाल २० जिल्लामा ४६ वटा शाखा मार्फत करिब ३४ हजार ५ सय सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ।