३ जेठ, २०८१ बिहिबार

10:58:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

५ फागुन, २०७८

पहिलो दिनमा नै राष्ट्र उत्थान लघुवित्तको आईपीओमा माग भन्दा १७ दशमलव ७२ गुणा बढी आवेदन परेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं
पहिलो दिनमा नै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा माग भन्दा धैरै आवेदन परेको छ । कम्पनीले फागुन ४ गते बुधबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेका छ । कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा बुधबार ६ बजेसम्ममा ७ लाख २८ हजार १९३ जना आवेदकले ८६ लाख ४९ हजार ४९० कित्ता सेयरका लागि ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो माग गरेको भन्दा १७ दशमलव ७२ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले कम्पनीले जारी गरेको आईपीआ छिटोमा फागुन ८ गते र ढीलोमा फागुन १८ गतेसम्ममा आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।