३ जेठ, २०८१ बिहिबार

10:01:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

५ फागुन, २०७८

फागुन २२ गतेदेखि आइएमई जनरल इन्स्योरेन्सले ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि १ः० दशमलव ४० अनुपातमा चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।