१५ बैशाख, २०८१ शनिबार

01:25:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुकुम्बासी राख्न बनाइएका भवन पाँच वर्षदेखि अपलत्र, बागमती किनारका विना स्वीकृतिका संरचना हटाउन निर्देशन

Nepal Business

४ फागुन, २०७८

सुकुम्बासी हटाउन समिति बनाउने तयारी

सुकुम्बासी राख्न बनाइएका भवन पाँच वर्षदेखि अपलत्र, बागमती किनारका विना स्वीकृतिका संरचना हटाउन निर्देशन

काठमाडौँ । वाग्मती किनारका सुकुम्बासीलाई व्यवस्थापन गर्न इचङ्गुनारायणमा पाँच वर्षअघि नै सरकारले बनाएको भवन अपलत्र छ ।

सुकुम्बासी व्यवस्थापन गर्न नसक्दा भवन प्रयोगविहीन बनेर बसेको छ । यता सुकुम्बासी कष्टकर रुमपा वसिरहेका छन् भने नदीको सौन्दर्य नै कुरुप छ । यसतयर्फ सरकारको खासै चासो देखिएको छैन ।

सुकुम्बासी हटाउन समिति बनाउने तयारी 

यसपटक फेरि पनि सुकुम्बाहीलाई हटाउन भनेर समिति बनाउने तयारी पुन थालिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको हो ।

 सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार उक्त सहमति भएको समितिका सूचना अधिकारी कमल अर्याललेलाई जानकारी दिनुभयो । समितिमा सुकुम्बासीका एक जना प्रतिनिधिलाई पनि समावेश गराइने भएको छ । समितिका सञ्चालक सदस्यको संयोजकत्वमा विज्ञसहितको समिति गठन गरेर समस्या समाधानमा काम गर्ने तयारी भएको छ ।

स्वीकृति नलिइ बनेका संरचना  हटाउन निर्देशन    

समितिले वाग्मतीको गुह्येश्वरीबाट थापाथली पुलसम्म स्वीकृति नलिई बनेका संरचना हटाउन भनेको छ  । माघ दोस्रो साता सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताभित्र उक्त संरचना हटाउन भनिएपछि खासे भत्केका छैनन् ।

यस क्षेत्रमा समितिको स्वीकृति नलिई १३ संरचना निर्माण भएको छ । त्यसमध्ये एउटा संरचना निर्माणकर्ता पक्षले भत्काएका छन् । बाँकी १२ संरचना निर्माणकर्ताले पनि केही दिनमा आफैँ भत्काउने प्रतिबद्धता जनाएकाले समय दिइएको समितिले जनाएको छ । स्वीकृति नलिई बनाएका संरचना भत्काउन समितिले माइकिङमार्फत समेत जानकारी गराइसकेको छ ।

 गोकर्णबाट गुह्येश्वरीको नदी किनारमा स्वीकृति नलिई बनाइएका करिब दुई दर्जन संरचना यसअघि नै समितिले भत्काइसकेको छ । वाग्मती किनारको चोभारसम्म स्वीकृति नलिई बनेका संरचना भत्काएर सौन्दर्य अभिवृद्धि कार्यक्रम अघि बढाइने जनाइएको छ ।