३ जेठ, २०८१ बिहिबार

11:19:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकको १० हजार ७ सय ९६ कित्ता संस्थापक सेयर बिक्रीमा

४ फागुन, २०७८

कुमारी बैंकको १० हजार ७ सय ९६ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं
कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी नमिता श्रेष्ठले आफ्नो नाममा रहेको १० हजार ७ सय ९६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम संस्थापक भन्दा बाहिर सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।