३ जेठ, २०८१ बिहिबार

03:15:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

४ फागुन, २०७८

५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं
इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भएको छ ।  कम्पनीले माघ २६ गतदेखि फागुन १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ८ र ३  रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथाद्वारा  आईपीओ बाँडफाँड गरिएको थियो ।  कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जनाले आवेदन दिएका थिए ।

जसमा २ हजार ५५२ जनाको आवेदन रद्द भएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओको रिजल्ट यी ४ तरीकाबाट हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङ्गको मेरो शेयरको वेवासइट https://meroshare.cdsc.com.np/#/login, सीडीएसले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/, इमर्जिङ्ग नेपाल कम्पनीको वेवसाइट https://emergingnep.com/ र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेवसाइट https://www.nicasiacapital.com/ipo-result बाट हेर्न हेर्न सकिन्छ ।