३ जेठ, २०८१ बिहिबार

02:03:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब २ करोड ६३ लाख बढीको कारोबार

४ फागुन, २०७८

कारोबार रकमका आधारमा बुधबार अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको बुधबार २१ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब २ करोड ६३ लाख बढीको कारोबार

काठमाडौं

बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार ५३ दशमलव ३० अंकले बढेको सेयर बजार आज भने दोहोरो अंकले घटेको हो ।  बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ८४ अंकले घटेर २७३४ दशमलव ४४ विन्दुमा पुगेको छ । नेप्से ०शदमलव ७२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३दशमलव ४७ अंकले घटेर ५१८दशमलव ६६ विन्दुमा पुगेको छ ।

कूल २३१ वटा कम्पनीको ५६ लाख ५२ हजार एक सय ८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार दिनभर कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ वटा उपसमूहको सेयर घटेको छ भने २ वटा उपसमूहको सेयर बढेको छ ।

कारोबार रकमका आधारमा बुधबार अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको बुधबार २१ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, बुधबार नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।