१० मंसिर, २०८१ सोमबार
09:43:28 AM
४ फागुन, २०७८
काठमाण्डौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र विरुद्ध विशेष अदातलमा मुद्धा दायर गरेको छ । आयेले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस÷रिसवत लिएको आरोपमा मिश्र विरुद्ध आरोपपत्र दायर गरेको हो । तत्कालीन जिल्ला वन अधिकृत मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु ७०,००,०००।–(सत्तरी लाख रुपैयाँ) लिएको पुष्टि भएसंगै मुद्धा दायर गरिएको अयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरदार ठहर गरी ७० लाख बरावरको विगो माग दावी सहित मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।