३ जेठ, २०८१ बिहिबार

03:19:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

४ फागुन, २०७८

लुम्बिनी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं
लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।