३ जेठ, २०८१ बिहिबार

04:16:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार नेप्सेमा ८५ लाख ७२ हजार २ सय कित्ता बोनस सेयर सूचिकृत

४ फागुन, २०७८

बुधबार नेप्सेमा ८५ लाख ७२ हजार २ सय कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्समा आज स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । आज नेप्समा  बैंकको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि  ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।