४ जेठ, २०८१ शुक्रबार

07:35:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नेपाल लाइफ आइइन्स्योर’ योजना

Nepal Business

४ फागुन, २०७८

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नेपाल लाइफ आइइन्स्योर’ योजना

काठमाण्डौं

नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको छ । यो योेजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । यो योजना १८ वर्षदेखि  ६० वर्ष उमेर समुहका व्यक्तिहरुका लागि हो । 

कम्पनीका अनुसार न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने गरी ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याइएको हो । यस योजनामा न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने कम्पनीले जानकारी दिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

यस्तै यस योजनामा न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँदेखि अधिकतम १ करोड रुपैयाँसम्मको बीमा गर्न सकिनेछ । बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ प्रतिशत थप शुल्क लाग्नेछ । कम्पनीका अनुसार २५ लाख बीमाङ्कमा छुट नरहेको र २५ लाखभन्दा माथी बीमा शुल्कको १ प्रतिशत छुट रहेको छ । 

समर्पण तथा कर्जा सुविधा 

वार्षिक तीन किस्ता बीमा शुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भएपछि सम्पूर्ण मूल्य प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसमा कर्जाको सुविधा भने नरहेको पनि कम्पनीले जानकारी दिएको छ ।

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम १ करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।

पूर्ण अवधि भुक्तान

बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको र बीमितलाई फिर्ता दिइने छ ।

मृत्यु दाबी भुक्तानी

बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट ९बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक० बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ । बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधिभित्र जुनसुकै कारणबाट ९बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक० बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइनेछ ।