४ जेठ, २०८१ शुक्रबार

12:34:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इमर्जिङ नेपालको आईपीओ आज बाँडफाँड हुँदै

४ फागुन, २०७८

इमर्जिङ नेपालको आईपीओ  आज  बाँडफाँड हुँदै

काठमाडौं
इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँड गरिने भएको छ । उक्त आईपीओको बाँडफाँड बुधबार दिउँसो ३ः३० बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।


कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।


कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५३.८७ गुणा धेरै हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँड गरिने छ ।