१० मंसिर, २०८१ सोमबार
09:10:51 AM
३ फागुन, २०७८
काठमाडौँ, ३ फागुन : गृहमन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीलगायत ६ राजनीतिक दलले बुधबार नेपाल बन्दको आव्हान गरेको सूचना प्राप्त भएको जनाउँदै मुलुकभरको शान्ति सुरक्षा चुस्त बनाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरी कानुन विपरितका त्यस्ता गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त बनाउन अनुरोध गरेको छ ।