३ जेठ, २०८१ बिहिबार

10:50:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा दोहोरो अंकको बृद्धि, सर्बाधिक कारोबार गर्नेमा हिमालयन डिष्टिलरी

३ फागुन, २०७८

नेप्सेमा दोहोरो अंकको बृद्धि, सर्बाधिक कारोबार गर्नेमा हिमालयन डिष्टिलरी

काठमाण्डौं
साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार झिनो अंकले देखिएको बृद्धि मंगलबार ५३.३० अंकले बढेर सेयर बजारमा हरियाली छाएको हो । आइतबार निराश भएका लगानीकर्तामा मंगलबारबाट उत्साह थपिएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ मा पुगेको छ । मंगलबार नेप्से १.९७ प्रतिशतले बढेको हो । यसैगरी सेन्सेटिभ परिसूचक १०.८३ अंकले बढेर ५२२.१३ मा पुगेको छ ।


कूल २ सय २४ वटा कम्पनीको ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।


स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । हाइड्रोपावर समूहको सबैभन्दा धेरै मूल्य बढेको छ । 

हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८९ रूपैयाँ ५० पैसा पुगेको छ ।

यसैदिन एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.१४ प्रतिशतले घटेर १० रूपैयाँ ८० पैसामा झरेको छ ।