३ जेठ, २०८१ बिहिबार

10:34:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

३ फागुन, २०७८

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।यी ४ वटा नै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

मंगलबार नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता  ?

काठमाडौं
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

यी ४ वटा नै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख कित्ता सेयर सूचिकृत भएको हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२ दशमलव ६११ प्रतिशत बोनस बापतको २ करोड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।  यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएको हो । र  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ दशमलव ५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको हो ।