१५ बैशाख, २०८१ शनिबार

02:34:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनुत्पादक क्षेत्रमा बैंकहरुको ठूलो लगानी

३ फागुन, २०७८

अनुत्पादक क्षेत्रमा बैंकहरुको ठूलो लगानी

काठमाण्डौं
बैंक तथा वित्तीय क्षेत्रहरुले जग्गा खरिद र प्लटिङमा अबौं लगानी गरेको पाइएको छ । रियल स्टेटमा पुस मसान्तसम्म कूल ३५ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो क्षेत्रबाट उत्पादन र रोजगारी सृजना नहुने हुँदा यसमा यसरी कर्जा बढ्नु दुर्भाग्यपूर्ण भएको राष्ट्र बैंकको ठहर छ । 
चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा रियल स्टेट कर्जा ३९.१९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मशान्तसम्ममा बैंकहरुले जग्गा खरिद तथा प्लटिङको लागि २५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए तर पुस अन्तिमसम्म आइपुग्दा यो बढेर ३५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
पछिल्लो समयमा मुलुकमा तरलता अभाव देखापर्दै गयो । यसरी तरलतामा देखिएको संकटका कारण घरजग्गाको कारोबार केहि सुस्ताइरहेको छ । आजभोली जिल्लाका मालपोत कार्यलयहरुमा घरजग्गा कारोबार निकै घटेको देखिन्छ । तै पनि राष्ट्र बैंकको पुससम्मको तथ्यांक हेर्दा बैंकहरुले रियल स्टेटमा कर्जा लगानी बढाएको देखिन्छ । केन्द्रीय बैंकले पछिल्लो समयमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अनुत्पादन क्षेत्रमा हुने लगानीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । तर पनि घरजग्गामा हुने कर्जामा कमि नआई निरन्तर बढिरहेकै छ ।  

राष्ट्र बैकको तथ्यांक अनुसार गत पुसमा यस प्रकारको कर्जा ६२ करोड रुपैयाँले बढेको छ भने मंसिरमा १ अर्ब ९० करोड, कात्तिकमा १ अर्ब २१ करोड, असोजमा ३ अर्ब ४० करोड, भदौमा १ अर्ब ९० करोड र साउनमा ९१ करोड रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुको कर्जा लगानी तिब्र हुँदै गएको छ भने निक्षेप संकलनमा खासै बृद्धि हुन सकेको छैन् । यसै कारण बैक तथा वित्तीय संस्था तरलताको समस्या भोग्दै आएका छन् । राष्ट्र बैकको तथ्यांक अनुसार गत पुसमा यस प्रकारको कर्जा ६२ करोड रुपैयाँले बढेको छ भने मंसिरमा १ अर्ब ९० करोड, कात्तिकमा १ अर्ब २१ करोड, असोजमा ३ अर्ब ४० करोड, भदौमा १ अर्ब ९० करोड र साउनमा ९१ करोड रुपैयाँले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले गत असोज महिनामा जग्गा खरिद र प्लटिङको लागि चालु आर्थिक वर्षको ६ महिनाको सबैभन्दा धेरै कर्जा दिएको देखिएको छ । पुससम्ममा बैंकहरुले रियल स्टेट क्षेत्रमा कुल २ खर्ब १० अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरुको यस्तो कर्जा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै थियो । 
चालु आर्थिक वर्षमा लगातार बढेको रियल स्टेट कर्जा गत पुस महिनामा भने केहि घटेको देखिन्छ । रियल स्टेट क्षेत्रमा गएको कुल कर्जामा बैंक तथा वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र अपार्टमेन्ट बनाउनको लागि मात्र २४ अर्ब ३२ करोड रुपैयाँ कर्जा दिएका छन् ।