१० मंसिर, २०८१ सोमबार

09:15:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मिर्गौला पीडितले पाए डेढ लाख सहयोग

३ फागुन, २०७८

मिर्गौला पीडितले पाए डेढ लाख सहयोग

तनहुँ

तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार १ लाख ४६ हजार ६३५ सहयोग गरिएको हो । 

चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उहाँका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो । व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराउनुभएको हो । 

यसै अवसरमा साउदी अरबबाट सङ्कलित  ३० हजारसमेत पीडितलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । आर्थिक अवस्था कमजोरीका कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्नुभएका थापा उपचारको खोजीमा भौतारिदै आउनुभएको  छ । 

चिकित्सकले  १२ देखि १३ लाख उपचारमा खर्च लाग्ने जनाएको छन् । अहिलेसम्म उपचार गर्दा ७ लाखभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिनुभयो । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा साढे सात हजार खर्च हुने उहाँले बताउनुभयो । भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गर्नुभएका थापा मिर्गौला फेल भएपछि नेपाल फर्कनुभएको हो । रासस