३ जेठ, २०८१ बिहिबार

09:51:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस

३ फागुन, २०७८

धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम  सिफारिस गरिएको छ । अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले बोर्डको अध्यक्षका लागि ३ जनाको नाम  सिफारिस गरेको हो । समितिको बैठकले अध्यक्षका लागि डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको हो ।

सेबोनको अध्यक्ष पदमा १५ जनाको आवेदन परेको थियो । तीमध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो । त्यसमध्येबाट पनि समितिले ३ जनाको नाम सर्ट लिस्ट गरेको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले ती ३ जना मध्येबाट १ जनालाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने स्रोतले जनाएको छ ।

छनेटमा परेका ३ जना मध्येपनि बोर्डको अध्यक्षमा रमेश हमालको सम्भावना प्रवल रहेको छ । हमाल प्रधानमन्त्री शेरबहादुर देउवाको निकटका व्यक्ति हुनुहुन्छ ।