१० मंसिर, २०८१ सोमबार

09:32:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

Nepal Business

२ फागुन, २०७८

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

काठमाडौँ । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्कनुभएको छ ।   

ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना हुनुभएका जोशी सोमबार पाटनस्थित निवासमा फर्कनुभएको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।