४ जेठ, २०८१ शुक्रबार

10:54:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जलविरे दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान र छोरी घाइते

Nepal Business

२ फागुन, २०७८

जलविरे दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान र छोरी घाइते

२ फागुन । मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

अम्बिसा गुरुङ रहेकी छन् । घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३२प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।

अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।