२३ बैशाख, २०८१ आइतबार

04:03:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार देशीय ट्वान्टी–२० मा दीपेन्द्र सिंहको उत्कृष्ट प्रदर्शन

Nepal Business

२ फागुन, २०७८

चार देशीय ट्वान्टी–२० मा दीपेन्द्र सिंहको उत्कृष्ट प्रदर्शन

नेपालका स्टार अलराउण्डर दीपेन्द्र सिंह ऐरीले ट्वान्टी–२० करिअरमा उत्कृष्ट बलिङ प्रदर्शन गर्नु भएको छ। चार देशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा उहाँले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिनुभयो ।

टस जितेर फिल्डिङ गरेको नेपालका लागि दीपेन्द्रले १०औं ओभरमा आफ्नो पहिलो स्पेल बलिङ गर्नु भएको थियो । ओभरको दोस्रो बलमा उहाँले शेल गेटकेटलाई १४ रनको स्कोरमा जितेन्द्र मुखियाको हातबाट क्याच आउट गराउनु भयो ।

१२औं ओभरमा दीपेन्द्रले दोस्रो विकेट लिनु भयो । ओभरको पहिलो बलमै कर्टिस च्याम्परलाई शरद भेषावकरबाट क्याच आउट गराएर उहाँले चौथो बलमा सिमी सिंहलाई विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट गराउनु भयो ।

आफ्नो स्पेलको अन्तिम ओभरमा दीपेन्द्रले लोर्कान टकरलाई कट एण्ड बल गरे । टकरले १५ रन बनाएर खेलिरहनु भएको थियो ।

ट्वान्टी–२० करिअरमा यसअघि १ विकेटमात्र लिएका दीपेन्द्रले टेष्ट टोली आयरल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् । जारी शृंखलाको पहिलो खेलमा ओमानविरुद्ध अर्धशतकीय योगदान गरेका दीपेन्द्रकै प्रदर्शनमा नेपालले ६ विकेटको जित रचेको छ ।