४ जेठ, २०८१ शुक्रबार

11:17:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६० लाख कित्ता आईपीओ जारी गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स

२ फागुन, २०७८

६० लाख कित्ता आईपीओ जारी गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाडौं
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारणा सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा जारी पूँजी दुई अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरकोे ६० लाख कित्ता साधारणा सेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र  सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।