२४ बैशाख, २०८१ सोमबार

12:22:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शेयर बजार बढ्न सकेन

२२ मंसिर, २०७८

किन ओरालो तिरै हानिदै छ बजार ?

शेयर बजार बढ्न सकेन

गत सोमवार हरियाली देखिएको शेयर बजार आज बुधवार सबै क्षेत्र राताम्य हुन पुुगेको छ । यसले बजारका लगानीकर्ताहरुलाई अन्यौलता सृजना गरिरहेको देखिन्छ । 
आज नेप्से ५३.१० अंकले घटेर २४५५.८१ अंक कायम भएको छ । अधिकांश क्षेत्र राताम्य छन । यसबीचमा पनि नेसनल हाइड्रोपावर कम्पनीले सबैभन्द बढि कारोबार गरेको भने अधिक कमाउनेमा स्टाडर्स चार्टर बैंक र अधिक गुमाउनेमा सामुदायिक लघुवित्तिय संस्था रहेको छ ।
बजार हप्तामा एकदिन बढ्ने र अन्य दिन निरन्तर घट्दा नियमित शेयरबजारमा लागि पर्ने लगानीकर्तालाई बढि असर परेको छ । शेयर किनेर होल्ड गर्ने लगानी कर्ताको आम्दानी मात्र केही घटेजस्तो देखिएपनि नबेचेसम्म घाटा नाफा मापन गर्न मिल्दैन । 
निरन्तर बजार घट्नु पहिलो कारण यो सिजन नै धेरै कारोबार हुने सिजन होइन, दोस्रो राष्ट्र बैकको क्याप नीति, सि.डि.सि र सि.डि रेसियो तथा बजार हल्लखल्लले पनि प्रभाव पारेको आंकलन गर्न सकिन्छ ।