३ जेठ, २०८१ बिहिबार

03:05:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको सुधार

२ फागुन, २०७८

सेयर बजारमा झिनो अंकको सुधार

काठमाण्डौं
साताको पहिलो दिन १०० अंक भन्दाबढिले घटेको सेयर बजार दोस्रो दिन सोमबार ०.०८ अंकले मात्र बढेको छ । आज नेप्से  झिनो अंकले बढेर बन्द भएपनि सेन्सेटिभ परिसूचक घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ विन्दुमा पुगेको छ ।यसैगरी सेन्सेटिभ परिसूचक भने ०.३६ अंकले घटेर ५११.३० विन्दुमा झरेको छ ।

कूल २२७ वटा कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकले जनाए अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ । 

सोमबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार उच्च रहेको छ ।  कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसैगरी, कम्पनीले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको १० बराबर ५ को अनुपातमा वा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । 

आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ८.१३ प्रतिशतले बढेर ६ सय ६५ रूपैयाँ पुगेको छ ।यसै दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ३.८५ प्रतिशतले घटेर ५ सय ७५ रूपैयाँ कायम भएको छ ।