३ जेठ, २०८१ बिहिबार

07:51:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

२ फागुन, २०७८

सोमबार नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार विभिन्न २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा ज्योति विकास बैंक लिमिटेड र नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
सोमबार नेप्सेमा नेपाल ल्युब आयल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । त्यस्तै, नेप्सेमा ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हो ।