२२ बैशाख, २०८१ शनिबार

02:25:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल हाइड्रोपावरले घोषणा गर्यो लाभांश, ५० प्रतिशत हकप्रद जारी गर्ने

२ फागुन, २०७८

नेशनल हाइड्रोपावरले घोषणा गर्यो लाभांश, ५० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणाका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  फागुन १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा पनि आह्वान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८ दशमलव ५२५ प्रतिशत बोनस सेयर र ० दशमलव ९७५ प्रतिशत नगद गरी कूल १९ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
यसैगरी, कम्पनीले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

उक्त बैठकले यही फागुन ३० गते कम्पनीको २५ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको नयाँबानेश्वरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

त्यसैले फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा सहभागि हुन सक्नेछन् । सभाले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ।