४ जेठ, २०८१ शुक्रबार

09:27:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सारबाट कसरी जाँचपास भयो पाँच किलो सुन, साँच्चै डिटेक्टरले डिटेक्ट गरेन की कर्मचारीको लापरबाही ?

Nepal Business

१ फागुन, २०७८

भन्सारबाट कसरी जाँचपास भयो पाँच किलो सुन, साँच्चै डिटेक्टरले डिटेक्ट गरेन की कर्मचारीको लापरबाही ?

नेपाल विजनेस समाचारदाता,

१ फागुन : नेपालमा सुन तस्करीका विभिन्न हतकण्डा अपनाउँदै तस्करले सुन भित्र्याइरहेका घटना बेलाबेलामा सार्वजनिक हुँदै आएको छ । 

मलद्धारभित्र भएको सुन, पेट भित्र भएको सुनसमेत पत्ता लगाएर निकालिएका उदाहरण छन् । तर यसपाली एक चिनिया नागरिक ३६ वर्षका झाङ लीले शरिरमा लगाएका कपडामा विभिन्न फल्स बटम बनाएर सुन ल्याउँदा भन्सारबाट खटिएको टोलीले सुइको समेत पाएन ।

मलद्धारभित्र भएको सुन, पेट भित्र भएको सुनसमेत पत्ता लगाएर निकालिएका उदाहरण छन् । तर यसपाली एक चिनिया नागरिक ३६ वर्षका झाङ लीले शरिरमा लगाएका कपडामा विभिन्न फल्स बटम बनाएर सुन ल्याउँदा भन्सारबाट खटिएको टोलीले सुइको समेत पाएन । 

डिटेक्टर मेसिनले समेत डिटेक्ट नगरेको जनाइएको छ । के यो सम्भव छ त ? विमानस्थल भन्सार कार्यालयका अधिकारीहरु सुन पिठो मुछेको जस्तो अर्ध ठोस अबस्थामा रसायन हालेर ल्याएपछि मेसिनलेसमेत पत्ता नलगाएको हुनसक्ने बताउँछन् । 

झाङले भन्सार कार्यालयका कर्मचारीको त आँखा छले तर प्रहरीको आँखा छल्न भने यसपाली चाहिँ सकेनन् । किन की दुई वर्षमा दर्जनौँ पटक नेपाल आएका उनले यसअघि पटकपटक सुन तस्करी गरेनन् होला भनेर भन्न सकिने आधार छैन । 
धेरै पटक सुन तस्करी गरेको अनुमान विमानस्थलका सुरक्षा अधिकारीको पनि छ । तर यसपाली भने सादा पोषाकमा खटिएका प्रहरीले उनको गतिविधि शंका लागि हातैले छाम्दा पँहेले वस्तु फेला पारी पक्राउ गरेका थिए । परीक्षण गर्दा उक्त वस्तु सुन भएको पुष्टि पनि भइसकेको छ ।

उनले आफैँले लगाएका भित्री बस्त्रमा फल्स बटम बनाएर रु तीन करोड ९० लाखको सुन ल्याएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल भन्सार पास गरेर निस्कने बेला उनी पक्राउ गरेको सुनाउँछन् ।

“उनको मनोविज्ञान, हाउभाउ र चालढाल अध्ययन गर्दा शंका लाग्यो, अनि हामीले खानतलासी गरेका हौँ”, ढकालले नेपाल विजनेशसँग भन्नुभयो । त्यतीबेला सादा पोषाकमा रहेका प्रहरी त्यहाँ तैनाथ थिए । उनी हिमालयन एयरलाइन्सको उडानद्धारा दुबैबाट काठमाडौँ आउने क्रममा पक्राउ परेका हुन् ।
 

अर्धठोस अबस्थाको सुनको एक पोका पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाएर हालेका र अन्य तीन पोका भित्रि वस्त्रमा फल्स बटम बनाएर ल्याएका पाइएको छ । सबै सुन चार किलो ८४० ग्रामको छ । 

प्रहरीका अनुसार यसमा ९८ दशमलव ६६ प्रतिशत सुन रहेको पाइएको छ ।  उनलाई आइतबार थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ । 

यसअघि मलद्धारबाट पनि सुन निकालिएको थियो 

यसअघि गत माघ १९ गते प्रहरीले मलद्वार भित्र लुकाएर सुन ल्याउँदै गरेका एक जनलााई पनि पक्राउ गरेको थियो । उनी पनि भन्सार पास भएर सुन ल्याएँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले मलद्वार भित्र लुकाएर सुन ल्याउँदै गरेका एकसहित तीन जनलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनीहरुबाट झण्डै एक करोड बराबरको एक किलो १५५ ग्राम सुन तथा चार वटा आइफोन बरामद गरिएको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका १० का ३२ वर्षीय सुनिलकुमार शाह, मकवानपुर मनहरीका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिका ३ का दावा छिरिङ शेर्पा रहेका छन् । 

उनीहरुमध्य शेर्पाले अर्ध ठोस अबस्थाको सुन मलद्धारभित्र हालेर ल्याएका थिए । तौलिँदा उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको छ । उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आउँदै गरेका थिए । शंका लागि जाँच गर्दा मलद्धारबाट सुन निकालिएको ढकालले बताउनुभयो । बेलनाकार रुपमा अर्ध ठोस अबस्थाको सुन प्लाष्टिकमा बेरेको अबस्थामा फेला पारिएको थियो ।