३ जेठ, २०८१ बिहिबार

02:08:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा १००.६७ अंकको गिरावट

१ फागुन, २०७८

सेयर बजारमा १००.६७ अंकको गिरावट

काठमाण्डौं
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से उच्च अंकले घट्दा १३ वटै उपसमुहको कारोबार ओरालो लागेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.८९ विन्दुमा झरेको छ । नेप्से ३.५९ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ विन्दुमा झरेको छ । 

कूल २२७ वटा कम्पनीको एक करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।
आइतबार कारोबार रकममा अपर तामाकोशीले अग्रता कायम गरेको छ । कम्पनीको ३२ करोड ८४ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । आज जम्मा ५ वटा कम्पनीको मूल्य बढेको छ । यसरी मूल्य बढ्नेमा ५ वटै म्यूचूअल फण्डहरू हुन् ।

आइतबार अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.३७ प्रतिशतले घटेर ६ सय ४६ रूपैयाँमा झरेको छ ।