८ मंसिर, २०८१ शनिबार
04:13:05 PM
१ फागुन, २०७८
काठमाडौं
हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त हुनुभएको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।
शाहलाई फागुन १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि कम्पनीको सिइओमा नियुक्त गरेको हो । शाह यसअघि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो ।